अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्रीले पनि भाग्ने दिन नआओस् :  सुरेन्द्र पाण्डे

अर्थमन्त्रीले पनि भाग्ने दिन नआओस् :  सुरेन्द्र पाण्डे


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताउनु भएको छ ।

आज नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा उहाँले अर्थमन्त्री शर्माले कानून विपरीत काम गरेको आरोप लगाउनु भयो । अर्थमन्त्रीले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखेको भन्दै पाण्डेले उक्त काम गैरकानुनी भएको बताउनु भएको हो ।

अहिले श्रीलंकाका अर्थमन्त्री भाग्नुपर्ने अवस्था आएको भन्दै उहाँले नेपालको अर्थमन्त्रीको पनि त्यही अवस्था आउन सक्ने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो ‘श्रीलंकामा अर्थमन्त्री भागेको सुन्दैछु, कतै यो दिन त नआओस् नेपालमा ।’