अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा सरकारले १२ महिनामा गरेका आर्थिक अपराध (तथ्यसहित)

देउवा सरकारले १२ महिनामा गरेका आर्थिक अपराध (तथ्यसहित)


काठमाडौं– नेकपा एमालेले शेरबहादुर देउवा सरकारले ९ महिनामा गरेका आर्थिक अपराध सार्वजनिक गरेको छ ।

पूर्वअर्थमन्त्री र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सामूहिक पत्रकार सम्मेलन गर्दै देउवा सरकारका गलत कदमहरुबारे सविस्तार उल्लेख गरेको छ ।

एमालेले भनेको छ, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठवन्धन सरकार बन्नुअघि कोभिडका महामारीबीचमा पनि देशको अर्थतन्त्र सुदृढ अवस्थामा थियो । मुद्रास्फिति दर ४ प्रतिशतभन्दा तल रही समग्र मूल्य नियन्त्रणमा थियो । व्यापार घाटा भुक्तानी सन्तुलनमा नै थियो । बार्षिक रुपमा विपे्रषण झण्डै १० प्रतिशतले वढेको थियो । बार्षिक कारोबारमा रु. १ अर्ब २३ करोडले भुक्तानी बचत थियो । विदेशी मुद्रा सञ्चिति रु. १४ खर्ब पुगेको थियो । त्यसवेलाको विदेशी मुद्रा सञ्चितिले ११ महिनाभन्दा बढीको वस्तु आयात धान्न सक्ने अवस्था थियो ।’

नेकपा (एमाले)को सरकारले अध्यादेश मार्फत ल्याएको लोकप्रिय बजेटलाई आफ्नो निहित स्वार्थ अनुकूल परिवर्तन गर्ने दुराशय सरकारले राखेको एमालेको भनाइ छ ।

वर्तमान अर्थतन्त्रबारे एमालेको धारणा