काठमाडौं – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गठबन्धन सरकार भागबण्डामा रमाइरहेको आरोप लगाउनु भएको छ । तर बिग्रँदो आर्थिक अवस्थाका बारेमा चिन्तित नभएको दाबी गर्नुभयो ।
आइतबार नेकपा एमाले सम्बद्ध पूर्व अर्थमन्त्रीहरूको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री खतिवडाले सरकार तस्करी तथा विचौलियाहरुको चंगुलमा फसेको आरोप लगाउनु भयो ।
तीब्र आयातलाई रोक्न, रेमिट्यान्स आयातमा व्यवस्थित गर्न तथा उत्पादनमा जोड दिन नसकेको सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न गभर्नर माथि गलत कदम चालेको आरोप लगाउनु भयो ।
पूर्वअर्थमन्त्री खतिवडा भन्नुहुन्छ, ‘आफ्नो मान्छे, तस्कर तथा विचौलियाहरुलाई कहाँ नियुक्ति दिने र कहाँबाट कहाँ सरुवा भरुवा गर्न सकिन्छ भनेर सरकार लागेको छ । तर मुलुकको आर्थिक अवस्थालाई सामान्यीकरणमा कसरी लैजान सकिन्छ त्यसतर्फ सरकारको ध्यान गएको छैन । आफ्नो मान्छे कहाँ नियुक्ति गर्ने भन्ने मात्रै ध्यान केन्द्रित छन् ।
सम्पती शुद्धीकरण जस्ता समस्यामा डुबेको सरकारले थप शंकाको रुपमा रहेको आयातित पैसामा अर्थमन्त्रीले नै राष्ट्र बैँकमाथि हस्तक्षेप गरेर स्वीकृत दिन लाग्नु दुःखको कुरा रहेको उहाँले बताउनु भयो ।





प्रतिक्रिया