अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले भरतपुर महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने

एमालेले भरतपुर महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने


चितवन – नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार नेता विजय सुवेदीलाई बनाउने निर्णय गरेको छ।

आइतबार पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटिको बैठकले चितवन क्षेत्र नम्बर २ (ख)बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

भरतपुरको मेयरमा एमालेबाट पोलिटव्युरो सदस्य देविप्रसाद ज्ञवाली र कृष्णभक्त पोखरेलको पनि चर्चा थियो। स्रोतका अनुसार ज्ञवालीले नै सुवेदीलाई मेयर पदको उम्मेदवार बन्न प्रस्ताव गर्नु भएको थियो ।

सुवेदीलाई मेयरको उम्मेद्वार बनाउन पोलिटब्युरो सदस्य ज्ञवालीले प्रस्ताव र नेता पोखरेलले समर्थन गर्नु भएको थियो ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ज्ञवाली भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार हुनुहुन्थ्यो। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल हुँदा उहाँ झिनो मतान्तरले पराजित हुनु भएको थियो ।