मोरङ – नेकपा एमाले विराटनगरले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले नगरपालिकाका पार्टी अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो ।
जसअनुसार केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेर पठाउने निणर्य भएको अध्यक्ष थापाले बताउनु भयो ।
यसअघिका मेयरका उम्मेदवार बिनोद ढकाल, पूर्वमन्त्री लालबाबु पण्डित तथा प्रदेश-१ का पूर्वमन्त्री जीवन घिमिरे आंकाक्षी भए पनि अन्ततः सर्वसम्मत रुपमा पाँच जना सिफारिस भएका हुन् ।







प्रतिक्रिया