जनकपुर – नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका निम्ति शिवशंकर साहलाई उम्मेदवारको सिफारिस गरेको छ।
जनकपुरधामका २५ वटै वडा कमिटीको तर्फबाट हिरालाई मेयरका लागि सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो।
हिरा यसअघि जनकपुरधाम उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका अध्यक्ष बनेका थिए।
जनकपुरधामको मेयरका लागि शनिबार स्वतन्त्रबाट बलराम महतोले उम्मेदवारी घोषणा गरेका थिए।
योग्यता, क्षमता र योगदानलाई कदर गरी आफूलाई उम्मेदवारका लागि वडा कमिटीहरूले सिफारिस गरेको हिराले बताए।







प्रतिक्रिया