मकवानपुर – प्रहरीले मकवानपुरबाट गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
मनहरी गाउँपालिका-६ स्थित सडकखण्डबाट ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१ बस्ने १९ वर्षीय सरोज तामाङ, सोही नगरपालिका-११ बस्ने २५ वर्षीय सूर्यबहादुर स्याङ्बो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबीलाल तामाङ रहेको कार्यालयले जनाएको छ।
चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा ८ ख ८१०६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया