अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल श्रीलंका बन्दैछ, गठबन्धन सरकारले वृद्धभत्ता नदिए अनौठो नमान्नुहोला : अध्यक्ष केपी

नेपाल श्रीलंका बन्दैछ, गठबन्धन सरकारले वृद्धभत्ता नदिए अनौठो नमान्नुहोला : अध्यक्ष केपी


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था बिग्रिएर श्रीलंकाको जस्तो बन्न लागेको दावी गर्नु भएको छ ।

आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनको १३औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

देशको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लाग्दा पनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको पनि बताउनु भयो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘अहिले अर्थतन्त्र हेर्नुस् त देशको ? श्रीलंका बन्न जाँदैछ नेपाल । केही समयपछि तपाइँहरूले तनाखा पाउनु भएन भने अनौठो नमान्नु होला । तनाखा दिनसक्ने अवस्था छैन। जेष्ठ नागरिकहरुले भत्ता पाएनन् भने अनौठो नमान्नु होला । दिनसक्ने अवस्था छैन । योजनाहरु, आयोजनाहरु काटिएका छन् । त्यो गठबन्धनमा लागेका त खुसी नै होलान् । देश यस्तो अवस्थामा पुग्दा पनि प्रशन्न छन् । खुसी छन् । किनभने एमालेलाई रोकियो । एमालेलाई सरकारबाट हटाइयो । कति दिन हटाउने एमालेलाई सरकारबाट ? ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल । नेकपा एमाले त चुनावको वर्षायाम पर्खिरहेको छ । चुनावको वसन्तको याम पर्खिराखेको छ । चुनाव आयो कि एमाले त ढुंगाको काप फोरेर पनि उम्रिन्छ । गठबन्धन केही पनि होइन ।’

गठबन्धन सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बर्बाद बनाउँदै लगेको पनि अध्यक्ष ओलीको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘देश बर्बाद बनाउँदैछन् गठबन्धनवालाहरुले । अहिले नै अर्थतन्त्र ध्वस्त भइसक्यो । श्रीलंका कस्तो भइराखेको छ अवस्था ? कोही विदेश जाने कल्पना नगरे हुन्छ किनभने विदेश जान डलर चाहिन्छ, डलर राष्ट्र बैंकले दिन सक्दैन । अहिले देशको पैसा बाहिर बाहिरै गइराखेको छ ।’