अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तारा लामाले आफ्नो मन्त्री पद गएको खबर दुई दिनपछि थाहा पाए !

तारा लामाले आफ्नो मन्त्री पद गएको खबर दुई दिनपछि थाहा पाए !


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका तारालामा तामाङ गत १ असोजमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुनु भयो । मन्त्री बनेको सात महिनामै उहाँको पद खुस्कियो । मन्त्रिबाट हटाइएको दुई दिनपछि मात्रै उहाँ ले जानकारी पाउनु भयो ।

कञ्चनपुरबाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका लामाले मन्त्रीबाट हटाइएको जानकारी दुई दिनपछि मात्रै पाउनु भएको हो । मुख्यमन्त्री त्रिलोचन भट्टले २५ चैतमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । जसमा लामाको ठाउँमा समाजवादीकै प्रदेशसभा सदस्य प्रकाश रावललाई मन्त्री बनाएका थिए ।

उहाँले सामाजिक सञ्जालमा मन्त्रिबाट हटाइएको जानकारी दुई दिनपछि मात्रै पाएको बताउनु भयो । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले उहाँलाई फिर्ता बोलाएको थियो । शुक्रबार मन्त्रिपरिषद् हेरफेर गरिएको थियो । तर, उहाँले त्यो जानकारी आइतबार मात्रै पाएका हुन् । उहाँको ठाउँमा प्रकाश रावललाई पठाएको थियो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त ।’  एकीकृत समाजवादीले गत शुक्रबार आफ्नो पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका तीन मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएको थियो।

एकीकृत समाजवादीबाट मन्त्री बनेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाइएको थियो। उहाँले मन्त्रीबाट फिर्ता बोलाउँदा पार्टीमा कुनै छलफल नगरेको बताउनु भयो । उहाँले फिर्ता हुने जानकारी नदिइएको प्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।