अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इटहरीमा माओवादीका एकमात्र वडासदस्य थिए, ती पनि एमालेमा गए

इटहरीमा माओवादीका एकमात्र वडासदस्य थिए, ती पनि एमालेमा गए


सुनसरी– इटहरी उपमहानगरपालिकामा माओवादी केन्द्रवाट निर्वाचित एक मात्र वडासदस्य राम नारायण चौधरीको नेतृत्वमा १५५ जना नेकपा एमाले प्रवेश गरेका छन् ।

वडा नम्वर १० का वडासदस्य चौधरीको नेतृत्वमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १५५ जनालाई कार्यक्रमकी प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य भगवति चौधरी,तैयव हुसेन र लक्ष्मी गौतमले अविर लगाएर स्वागत गर्नुभएको एमाले इटहरी अध्यक्ष याम सुब्वाले जानकारी दिनुभयो ।

एमाले प्रवेश गर्दै वडा सदस्य चौधरीलेले देश र जनताको हीतमा काम गर्ने पार्टी एमाले मात्र रहेकाले एमाले प्रवेश गरेको बताउनुभयो ।