अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनसभालाई सम्बोधन र हजारौंलाई एमाले प्रवेश गराउन अध्यक्ष आज बझाङ आउँदै

जनसभालाई सम्बोधन र हजारौंलाई एमाले प्रवेश गराउन अध्यक्ष आज बझाङ आउँदै


धनगढी- गण्डकी पहाडका पर्वत र बागलुङमा हजारौं मानिस एमालेमा प्रवेश गराएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम पहाडको बझाङमा आयोजना हुने जनसभालाई सम्बोधन र हजारौ मानिसहरुलाई एमालेमा प्रवेश गराउन बझाङ्ग आउँदै हुनुहुन्छ ।

सोमबार आयोजना हुने विशाल जनसभालाई अध्यक्ष ओली र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिनुभयो । इतिहासमै बझाङमा ठूलो र महत्वपूर्ण आमसभा गर्न लागिएको महरले जानकारी दिनुभयो । उहाँका अनुसार करिब २ हजार जना अन्य पार्टीबाट एमाले प्रवेश गर्ने कार्यक्रम छ ।

कार्यक्रमबाट यस जिल्लामा रहेको नेकपा नेकपा एसको प्रभवलाई शून्यमा झारिने नेताहरुले जनाएका छन् । जिल्लाका केही हाइ प्रोफाइलहरु आज अध्यक्ष ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्दैछन् । उनीहरुको नाम अहिले गोप्य राखिएको छ ।