अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यरातमा नेपालगञ्जमा भयानक दुर्घटना,तीनजना पैदल यात्रीको ज्यान गयो

मध्यरातमा नेपालगञ्जमा भयानक दुर्घटना,तीनजना पैदल यात्रीको ज्यान गयो


बाँके-नेपालगञ्जमा कारको ठक्करबाट तीन जना पैदलयात्रुको मृत्यु भएको छ ।

प्रदेश ३०१ २३ च ८४८१ नम्बरको कारले नेपालगञ्जको बीपीचोक नजिक ठक्कर दिँदा हिँडिरहेका ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटना गएराति पौने १२ बजेतिर भएको हो । कारले ठक्कर दिएलगत्तै घाइते भएका उनीहरूलाई त्यही कारमा राखेर चालकले नै नजिकैको नर्सिङहोम पुर्‍याएका थिए ।

अस्पताल पुर्‍याएलगत्तै तीनै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । कार र चालकलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले जानकारी दिनुभयो ।