अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धरान : एमालेको लालकिल्लामा ११ आकांक्षीको रस्साकस्सी

धरान : एमालेको लालकिल्लामा ११ आकांक्षीको रस्साकस्सी


धरान– पूर्वको लालकिल्ला मध्येको एक धरान उपमहानगरको मेयरका लागि उपमेयर, पूर्वमेयर देखि पत्रकारसहित ११ जनाको नाम सिफारिस भएको छ ।

एमाले धरान उपमहानगर कमिटीले गरेको सिफारिस अनुसार हालकी उपमेयर मञ्जु भण्डारी, पूर्व मेयर मनोज कुमार मेन्याङबो, प्रदेशको एकको चर्चित दैनिक पत्रिका ब्लाष्ट टाइम्स दैनिकका प्रधानसम्पादक किशोरकुमार कार्कीको नाम सिफारिस गरेको छ । यसैगरी एमाले नेताहरु मोतीराज सुनुवार, विजय कुमार राई, तिर्थ मास्के, मिनकुमार सुब्बा, राजमणि निरौला, दोर्पध्व राई र प्रकाश राईको नाम सिफारिस भएको छ ।

सिफारिस भएका नामहरु मध्येबाट पार्टी केन्द्रले एकजनालाई मेयरको उम्मेदवार तोक्ने छ । केही नेताहरुका अनुसार आवश्यकताका आधारमा मेयरमा सिफारिस भए पनि पार्टीले आवश्यकता ठानेमा उपमेयरका लागि पनि निर्णय गरेर पठाउने सम्भावना छ । यो अन्य पालिकाहरुमा लागू हुने एमालेले जनाएको छ ।

यस्तै उपमेयरका लागि एक पुरुष सहित छ जनाको नाम सिफारिस गरिएको छ । जसमा इन्द्रकला राई, सविता चाम्लिङ, लहरुमाया जिमी, पदमप्रसाद लिम्बु, लीला राई, सुशीला पहाडी रहेका छन् ।

गएको स्थानीय निर्वाचनको नतिजा

प्रमुख तारा सुब्बाको निधन भएपछि भएको उपचुनावको नतिजा