अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेलौरी मेयरका लागि एमालेबाट कमला बोहरालगायत ८ जनाको नाम सिफारिस

बेलौरी मेयरका लागि एमालेबाट कमला बोहरालगायत ८ जनाको नाम सिफारिस


महेन्द्रनगर- नेकपा (एमाले) ले बेलौरी नगरपालिकाको मेयरका लागि युवा नेतृ कमला बोहरालगायत ८ जनाको नाम सिफारिस गरेको छ । एमाले केन्द्रीय सदस्य तथा कञ्चनपुर सह इन्चार्जसमेत रहेकी बोहरा, जिल्ला कमिटी सचिव पल्लवराज भट्ट, करमशाही राना र टेकबहादुर साउँदलाई मेयरमा प्रस्तावित गरिएको नगर कमिटीले जनाएको छ ।

राधाकृष्ण जोशी (ज्वाला), रामबहादुर स्वर्णकार, चित्रा चौधरी र हिरासिंह बिष्टको नाम पनि प्रस्तावित गरिएको छ ।

नगर कमिटी बैठकमा मेयर पदमा दाबी र आकांक्षा व्यक्त गर्ने सबैको नामावली जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको एक नेताले बताए ।

एमाले सचिवसमेत रहेका पल्लवराज भट्ट यसअघि पनि मेयरमा चुनाव लडेका थिए । उनी नेकपा माओवादी केन्द्रका पोतिलाल चौधरीसँग पराजित भएका थिए । उनले यसपाली पुनः परीक्षणको मौका दिनुपर्ने र आफ्नो मात्र एकल सिफारिस गर्न कमिटीलाई दबाब दिँदै आएको नगरका एक नेताले बताए । उपमेयरमा ६ जनाको नाम सिफारिस भएको छ ।

जोगाराम चौधरी, शान्ति चौधरी, कोपिला चौधरी, कमला चौधरी, दुर्गा खरेल र सिटाली चौधरीको नाम जिल्ला कमिटीमा पठाइएको हो ।