टोकियो– मयुर कर्पोरेसन जापानले नेपाली ब्राण्ड खुकुरी रमको परिवर्तित प्याकेजिङको जापानभर बिक्री सुरु गरेको छ ।
नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो प्याकेजिङ परिवर्तन गरेपछि जापानमा एक कार्यक्रमकाबीच अनावरण गरेको छ। जापानको लागि विगत २२ वर्षदखि आधिकारिक बिक्रेताको रुपमा रहँदै आएको मयुर कर्पोरेसन लिमिटेडले आइतबार टोकियोमा एक कार्यक्रम गरी अनावरण गरेको हो ।
मयुर कर्पोरेसनका प्रबन्ध निर्देशक अरुणकुमार श्रेष्ठका अनुसार प्याकेजिङ परिवर्तन भए पनि स्वादमा भने कुनै परिवर्तन छैन ।
अनावरण कार्यक्रम नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, एनआरएनए एसिया प्यासिफिक उप(संयोजक ददिवल खड्का, एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति थियो ।
श्रेष्ठ नेपाली ब्राण्डलाई चुनौती मोलेर जापान आयात गर्ने व्यवसायीकोरुपमा चिनिनुहुन्छ । उहाँले सुरुवाती दिनमा नेपाली ब्राण्डलाई जापान भित्र्याउँदा धेरै संघर्ष गर्नुपरेको स्मरण गर्नुभयो । उहाँले यही विषयमा आफूले मुद्दा मामिला झेलेकोसमेत उल्लेख गर्नुभयो ।







प्रतिक्रिया