अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या

उदयपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या


काठमाडौं – उदयपुरमा आफ्नै श्रीमती ३८ वर्षीया नानुमाया दाहालको हत्या गरेको आरोपमा प्रहरीले एकजना पुरुषलाई पत्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाल छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पोष्टराजले बसिरहेको अवस्थामा चिर्पटले प्रहार गर्दा नानुमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।