अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीमा श्रीमतीद्वारा श्रीमानको हत्या  

कैलालीमा श्रीमतीद्वारा श्रीमानको हत्या  


कैलालीमा – कैलालीमा आफ्नै ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने महिलामा मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगर रहेकी छन् । उनलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो ।

घरायसी बिबादको क्रममा हसियाले प्रहार गरी नारायणको हत्या पश्चात आफै ईलाका प्रहरी कार्यालय पण्डौनमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।