अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केही मानिसको सन्कीपनले आर्थिक संकट बढ्यो :  एमाले सचिव भट्टराई

केही मानिसको सन्कीपनले आर्थिक संकट बढ्यो :  एमाले सचिव भट्टराई


काठमाडौ नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाउनु भएको छ ।

काठमाडौंमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा सोमवार बोल्दै सचिव भट्टराईले यस्तो बताउनु भएको हो । उहाँले अहिले देशमा विदेशी मुद्राहरुको सञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताउनु भयो ।

सचिव भट्टराईले नेपाललले अहिले विदेशी मुद्रा आयात गर्नेभन्दा स्वदेशी मुद्रालाई बाहिर पठाउने काम भइरहेको पनि बताउनु भयो । उहाँले नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेको समेत बताउनुभयो ।

सचिव भट्टराईले जनशक्ति उत्पादन दिने कुरामा ध्यान दिँदै जनसंख्या र जनशक्ति उत्पादन गर्ने कुरालाई सन्तुलित बनाउन आवश्यक रहेको बताउनु भयो

सचिव भट्टराई भन्नुहुन्छ, ‘केही मानिसहरुको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन्। केही मानिसहरुको अर्घेल्याँइले हाम्रा नीतिहरु गलत ठाउँमा गएका छन्। आज हामीसँग विदेशी मुद्राहरुको सञ्चीति छैन, घटिरहेको छ । आज शिक्षा, स्वास्थ्यमा भएको नियोजनले हाम्रा कतिपय विद्यार्थीहरु पढ्न विदेश पलायन भइरहेका छन् । त्यसले हाम्रो मुद्रा बाहिरिइरहेको छ । के हामीले यसको कुनै आँकलन गरेका छौँ ?’

सचिव भट्टराईले कुनै पनि उमेर समूहका मानिसहरुलाई स्वास्थ्यको आधारभूत सेवाबाट वञ्चित गर्न नहुने पनि बताउनु भयो ।