काठमाडौँ – नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ का २७ वर्षीया सोविता नेपाली हुन् ।
प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी नेपालीलाई जाँच गर्दा गोली बरामद गरिएको हो। नेपालीको झोलामा गोली लिएर जापान जान लाग्नु भएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया