अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाट २७ वर्षीय इञ्जिनियर पौडेल गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस

एमालेबाट २७ वर्षीय इञ्जिनियर पौडेल गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस


कञ्चनपुर – नेकपा एमालेले बेलडाँडी गाउँपालिकाका लागि २७ वर्षीय युवालाई अध्यक्षको उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्षमा ईन्द्र पौडेलको नाम सिफारिस गरेको हो । एमाले बेलडाँडीको आज बसेको बैठकले उहाँलाई अध्यक्षमा सिफारिस गरेको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले उम्मेदवारी सिफारिस गर्दै आएको छ । विद्यार्थी राजनीतिकमा सक्रिय उहाँ पश्चिमाञ्चल इञ्जिनियर क्याम्पसमा पोखरामा स्ववियु सभापतिसमेत हुन् ।