अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले एक्लैले बहुमत ल्याउँछ : विष्णु पौडेल

एमाले एक्लैले बहुमत ल्याउँछ : विष्णु पौडेल


बझाङ – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनपछि नेकपा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

जिल्ला कमिटी बझाङले सदरमुकाम चैनपुरमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले आगामी चुनावपछि केपी शर्मा ओलीले नयाँ सरकारको नेतृत्व गर्ने दाबी गर्नु भएको हो । उपाध्यक्षे पौडेल अहिलेको सरकार परमादेशबाट सञ्चालित भए पनि आगामी चुनावमा जनादेशबाट पुनर्स्थापना गरिने बताउनु भयो ।

उपाध्यक्ष पौडेलले देशको विकासका लागि एमाले सरकारको विकल्प नभएको बताउनुभयो। उहाँले भन्नु भयो, ‘एमाले बाहेक अरू पार्टीको सरकार बन्दा यो जिल्लामा लाखका, करोडका आयोजना आएका होलान्, तर अर्बका आएका छन्, छैनन् । तर, जब एमाले सरकारमा आउँछ, लाख करोड होइन अर्बौँका आयोजना आउँछन् ।

‘अध्यक्ष ओली प्रधानमन्त्री बन्दा चैनपुर ताक्ला कोट सडकलाई मात्रै एक अर्ब ४० करोड रुपैयाँ बजेट छुट्टाइएको उहाँले स्मरण गर्नुभयो । एउटै सडकलाई एक अर्ब ४० करोड बजेट छुट्याउन एमालेको सरकारले मात्रै सक्छ । त्यसैले देश विकासका लागि एमालेको सरकार चाहिएको छ,’ उपाध्यक्षे पौडेलको भनाई थियो । अहिले चैनपुर ताक्ला कोट सडक अवरुद्ध भएको भन्दै उहाँले एमाले सरकार आएपिछे यसलाई पुनः सुचारु गर्ने बताउनु भयो ।

उहाँले अब कुनै गठबन्धनले एमालेको विजय यात्रा रोक्न नसक्ने बताउनुभयो । ‘एमालेका अगाडि कुनै पनि गठबन्धन टिक्न सक्ने छैन,’ पौडेलले भन्नु भयो । उहाँले भन्नु भयो, उनीहरूलाई सोध्नुस्, एक्लै चुनाव लड्ने हिम्मत छ ? उनीहरू भन्ने छन्– छैन ।