रुपन्देही – नेपाली कांग्रेसबाट निर्वाचित गैडहवा गाउँपालिका–१ का वडाअध्यक्ष प्रदीपकुमार चौधरीसहित दुई सय भन्दा बढी नेता–कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ ।
गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित चौधरी अब एमालेको विकल्प छैन भन्दै एमाले प्रवेश गर्नुभएको हो ।
नेता चौधरीको नेतृत्वमा दुई सय भन्दा बढी नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको एमाले रुपन्देहीका जिल्ला सदस्य सन्दिप गुप्ताले बताउनुभयो । त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) लगायत विभिन्न परित्याग गरी सयौंको संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको गुप्ताले जानकारी दिनुभयो .
एमाले गैडहवा गाउँपालिका कमिटीको आयोजनामा भएको स्थानीय निर्वाचन परिचालन कमिटी प्रचारप्रसार तथा जनसम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उहाँहरुलाई एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रियसभामा संसदीय दलका नेता खिमलाल भट्टराईले पार्टीमा स्वागत गर्नुभयो ।





प्रतिक्रिया