अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँगको रिस पोख्न गठबन्धन सरकारले गभर्नरलाई चिथोर्‍यो : केपी शर्मा ओली

एमालेसँगको रिस पोख्न गठबन्धन सरकारले गभर्नरलाई चिथोर्‍यो : केपी शर्मा ओली


बझाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग आफूहरुको रिस पोखेको बताउनु भएको छ ।

आज बझाङको सदरमुकाम चैनपुरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले एमालेको रिस गभर्नरमाथि पोखिएको बताउनु भएको हो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘यो प्रतिगामीहरुको सरकारले एमालेलाई केही गर्न सक्दैन । तर एमालेको रिस गभर्नरमाथि पोखेको छ । रिस उठेको बिरालोले खाँबो चिथोर्थ भनेझैँ गठबन्धन सरकारले गभर्नरलाई चिथोर्यो।’