अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा माओवादी नेता तीर्थ तामाङ एमालेमा प्रवेश

उदयपुरमा माओवादी नेता तीर्थ तामाङ एमालेमा प्रवेश


उदयपुर – माओवादी केन्द्र उदयपुरको जिल्ला कमिटी सदस्य तीर्थ तामाङले पार्टी परीत्याग गरी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

स्थानीय चुनावको मुखमा उदयपुरमा नेकपा माओवादी केन्द्रका जिल्लादेखि वडा तहसम्म कार्यकर्ता तथा नेता एमालेमा प्रवेश गरेका छन् ।

रौतामाई गाउँपालिका वडा–६ निवासी नेकपा माओवादी केन्द्रमा लामो समय विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएका तामाङ आज एमालेमा प्रवेश गर्नु भएको हो । जनताको प्यारो पार्टी नेकपा एमालेमा प्रवेश गर्नु भएको एक नेताले बताउनु भयो ।

एमालेमा प्रवेशसँगै जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरेले टिका लगाई स्वागत गर्नुभयो ।