बझाङमा – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बसेकाहरू ज्वाइँ, सम्धी, भाइ, सालो नियुक्तमा लागेका बताउनुभएको छ ।
बझाङमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले परिवारवादमा लागेको बताउनुभएको हो । अध्यक्ष ओलीले जनताका समस्यामा सरकार कानमा तेल हालेर सारा षड्यन्त्र गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार कानमा तेल हालेर सारा षड्यन्त्र गरिरहेको छ । ज्वाइँ, सम्धी, भाइ, सालो, भतिजो नियुक्त गर्नका लागि सरकारमा बसेका हुन् ।’
अध्यक्ष ओलीले सरकारले चुनाव भाँड्ने र स्थानीय तह रिक्त बनाउने षड्यन्त्र गरिरहेको बताउनुभयो । ‘चुनाव रोक्ने कोसिस धेरैपल्ट गरिसक्यो, हामीले विरोध गरेर समयमै, समयमै त अझ फागुनमा गर्नुपर्थ्यो कानुनअनुसार, संविधानअनुसार, कानुन परिवर्तन गरेर, संसद् अन्त्य गरेर, अध्यादेश ल्याएर नक्कली कानुन ल्याएर चुनाव नगराउन खोजेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो।





प्रतिक्रिया