अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शाहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्री

शाहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्री


काठमाडौं – पाकिस्तानको राष्ट्रिय सभाले शाहबाज सरिफलाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।

चुनावपछि सरिफले सभालाई सम्बोधन गर्नु भएको थियो । उहाँले इतिहासमै पहिलो पटक अविश्वासको प्रस्ताव सफल भएको र सत्यको जित, असत्यको हार भएको बताउनु भयो ।

शाहबाज शरीफले आजको दिन ठूलो भएको र सदनले आज एक निर्वाचित प्रधानमन्त्रीलाई बाटो देखाएको र यो दिनलाई स्मरणीय दिनको रूपमा मनाउनु पर्ने बताउनु भयो । पाकिस्तानी रुपैयाँ ८ रुपैयाँले बलियो भई १९० बाट १८२ मा फर्किएको उहाँले बताउनु भयो ।

शाहबाज शरीफले इमरान खानले बारम्बार भनिएको चिठीको सन्दर्भमा पनि जवाफ दिनु भएको थियो । शहबाज शरीफले पत्र आएको झूटो भएको बताउँदै उहाँले अब दूधका दूध र पानीका पानी हुनुपर्ने बताउनु भयो ।