अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरिता गिरी लहानको मेयरमा उठ्ने

सरिता गिरी लहानको मेयरमा उठ्ने


सिरहा- प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी सरिता गिरीले स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

गिरीले आफू सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्दैछु।’

लहान नगरपालिकाका जनता मेयर मुनी साहको अधिनायकवादी चरित्रबाट पीडित रहेको भन्दै गिरीले विगतमा पनि फेसबुकमा लेख्नुभएको थियो ।

पटक पटक सांसद र मन्त्री हुनुभएकी गिरीले पाँच वर्ष स्थानीय तहको नेतृत्व गर्ने जानकारी दिनुभयो ।