नेपालगञ्ज- बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि नेकपा एमालेले सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुंगो लगाएको छ ।
एमाले नेपालगञ्ज नगर कमिटीका बैठकले मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकालको नाम सिफारिस गरेको हो । मिश्र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह छाडेर केही दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । त्यसअघि उहाँ तराई मधेश लोकतान्त्रिक पार्टीमा हुनुहुन्थ्यो ।
मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बाँके क्षेत्र नं. २ बाट उम्मेदवार हुनुहुन्थ्यो । स्वतन्त्र राजनीतिक समूहका उहाँ सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित हुनुभएको थियो ।
उपमेयरमा सिफारिस ढकाल पनि एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ ।







प्रतिक्रिया