अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी छाडेका बगडीया एमालेबाट रंगेलीमा मेयरको उम्मेद्‍वार

माओवादी छाडेका बगडीया एमालेबाट रंगेलीमा मेयरको उम्मेद्‍वार


विराटनगर- माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई नेकपा एमालेले मेयरको उम्मेद्‍वार बनाउने भएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा बगडीया माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । उहाँ २५ फागुनमा नेकपा एमाले प्रवेश गर्नुभएको थियो ।

केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका बगडीयालाई एमाले रंगेली नगर कमिटीले सर्वसम्त मेयरको उम्मेद्‍वार बनाउन सिफारिस गरेको हो ।

२०७४ को चुनावमा मेयर उपमेयर दुवै माओवादीले जितेको रंगेली नगपालिकामा एमाले उम्मेद्‍वार तेश्रो भएका थिए ।

यस्तै नेकपा एमाले धनपालथान गाउँपालिका कमिटीले पनि मुसहरु मण्डलको नाम अध्यक्षमा सिफारिस गरेको छ ।