वीरगञ्ज- वीरगञ्ज महानगरपालिका वडा नम्बर-२१ परवानीपुरका अध्यक्ष हबिब मियाँ नेटुवा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उहाँ सोमबार नेकपा एमालेमा प्रवेश गर्नुभयो ।
वडाअध्यक्ष मियाँलाई नेकपा एमाले पर्साका निर्वतमान अध्यक्ष एवं संविधान सभा सदस्य विचारी यादव, ईन्चार्ज प्रभु हजारा, प्रदेश कमिटी सदस्य बसरुद्दिन अन्सारी, वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलगायतले माला र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।







प्रतिक्रिया