अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लाज पचेकाहरूले गठबन्धन गर्ने भन्दै जनतालाई भेडा नबन्न पशुपति शर्माको आग्रह

लाज पचेकाहरूले गठबन्धन गर्ने भन्दै जनतालाई भेडा नबन्न पशुपति शर्माको आग्रह


काठमाडौँ – चर्चित लोकगायक पशुपति शर्माले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने राजनीतिक दलहरू माथि निर्मम प्राहर गर्नु भएको छ ।

गीत संगीतमा विकृति र विसंगतीका बारेमा निर्मम ढंगले व्यग्य र खबरदारी गर्ने शर्माले आज सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले सिद्धान्त र विचार नमिल्नेहरू र एकले अर्कालाई विश्वास गर्न नसक्नेहरूले गठबन्धनको नाटक गरेर जनतालाई भेँडा बनाउन खोजेको उहाँले उल्लेख गर्नु भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सिद्धान्तिहन गठबन्धन गरेर लाच पचाएको शर्माले बताउनु भएको छ । उहाँले फरक फरक चुनावी घोषणापत्र हुने भएपछि गठबन्धन केका लागि भन्दै प्रश्न पनि उठाउनु भएको छ ।

शर्माले सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, ‘लाज पचेकाहरुले हो गठबन्धन् गर्नी, सिद्दान्त मिल्नु छैन विचार मिल्नु छैन, चुनावी घोषणा पत्र आफ्ना आफ्ना छन्, के हो यो गठबन्धन, आफुमा बिश्वास छैन भने जनताको बिश्वास कसरी जित्छौ !!!कार्यकर्ता र जनता कति भेडा हुन्छौ सोच्नी बेला भयो अब ।’