अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतपुरका मुख्य निर्वाचन अधिकृत हेरफेर, रावलको ठाउँमा अधिकारीलाई खटाइयो

भरतपुरका मुख्य निर्वाचन अधिकृत हेरफेर, रावलको ठाउँमा अधिकारीलाई खटाइयो


काठमाडौं – निर्वाचन आयोगले भरतपुर महानगरपालिको मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ ।

आयोगको सोमबारको निर्णय अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई भरतपुरको जिम्मा दिइएको हो ।

भरतपुर नगरपालिकामा माओवादी केन्द्रकी पुत्री रेणुका दाहाल फेरी उठ्ने चर्चा चलिरहेका बेला निर्वाचन अधिकृत फेरिनुलाई धेरैले चासोका साथ हेरेका छन् । 

यसअघिको स्थानीय निर्वाचनको मतगढानामा रेणुदाहालको कम भतभार देखिनलागेपछि अन्तिम समयमा माओवादी कार्यकर्ताहरुले  मतपत्र च्यातेका थिए । सो प्रकरणमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले नै सहयोगी भूमिका खेलेको भन्दै एमालेले न्यायपरिषदमा उजुरी दिएको थियो ।

 भरतपुर महानगरपालिको मुख्य निर्वाचन अधिकृत हेरफेरप्रति धेरैको चासो भए पनि  आयोगले भने यसलाई सामान्य भनेको छ। यसअघि पनि आयोगले ७१ जना मुख्य निर्वाचन अधिकृतहरू हेरफेर गरेको थियो ।

हेरफेर गरिएका मध्ये रावल चितवन जिल्ला अदालतको मुख्य न्यायाधीश हुनुहुन्छ।  न्यायपरिषदको सिफारिसमा आयोगले मुख्य न्यायाधीश नियुक्ति गर्ने गर्दछ ।