अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-माधव नेपाल कांग्रेसको जिउमा बसेका झिँगा र मच्छड धपाउने पुच्छर मात्रै हो : अध्यक्ष ओली

प्रचण्ड-माधव नेपाल कांग्रेसको जिउमा बसेका झिँगा र मच्छड धपाउने पुच्छर मात्रै हो : अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गुट कांग्रेसको झिँगा धपाउने पुच्छर मात्रै भएको बताउनु भएको छ

आज ललितपुरमा आयोजित नयाँ वर्ष २०७९ को शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपालको गुट काँग्रेसका जिउमा बसेका झिँगा धपाउने पुच्छर मात्रै भएको बताउनु भएको हो ।

‘माओवादी केन्द्र र माधव नेपालको गुट भनेका काँग्रेसका जिउमा बसेका झिँगा धपाउने पुच्छर मात्रै हुन्’, ओलीले भन्न्भयो, ‘यिनीहरू एमाले सिध्याउन भनेर हिडेँका छन् तर केही माखो मार्दैनन् ?’

अध्यक्ष ओलीले काँग्रेस नीतिहिन र विचारहिन पार्टी भएको पनि बताउनु भयो । उहाँले काँग्रेसले १५ दिनसम्म गरेको महाधिवेशनमा कुनै विचार आउन नसकेको बताउनु भयो ।

कुनै राजनीति, जननीति र विकासको बारेमा चर्चा नगर्ने काँग्रेसको महाधिवेशनमा सत्ता जोगाउने विषयमा मात्रै चर्चा भएको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘कठैबरी काँग्रेस ? कति मायालाग्दो छ ।’

यसै सन्दर्भमा उहाँले माओवादी केन्द्रको महाधिवेशनबारे पनि चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘माओवादीको महाधिवेशन चालु नै छ पदाधिकारी छान्न सकेन, प्रचण्ड साँझ छ । ढाँटछलको प्रस्ताव पेश भयो त्यति हो ।’

उहाँले भन्नुभयो एमालेमा प्रवेश गर्न लागेका मानिसहरुलाई गठबन्धनले थुनेर राखेको भन्दै एक जनालाई थुनेपनि हजारौ एमालेमा आइरहेको बताउनु भयो । एमालेमात्रै विकास र सम्बृद्धिको पक्षपाती भएको भन्दै वर्तमान सरकारले गर्छु भनेपनि केही गर्न नसक्ने बताउनु भयो ।

अध्यक्ष ओलीले हुतिहारा सरकार भन्दै ४० करोड काण्ड मच्चाएको बताउनु भयो । उहाँले सोही ४० करोडको सूचना गभर्नरले चुहाउँछ भनेर कारवाही गरिएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार भ्रष्ट सरकार, पैसा छैन, विकास छैन । सकेसम्म स्थानीय तहलाई पंगु बनाउने प्रयास गरिरहेको छ । यिनीहरु पाँच दल भनेका एउटै हुन् ।’