अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

स्थानीय निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिनु भएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ को सिफारिस र मन्त्रिपरिषद्को चैत २४ को सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृत दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विज्ञप्तिअनुसार निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न सेना परिचालन गरिने भएको हो ।