अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेयर नपाए भरतपुरका २९ वटै वडाका कांग्रेस सभापतिले विद्रोह गर्ने निर्णय

मेयर नपाए भरतपुरका २९ वटै वडाका कांग्रेस सभापतिले विद्रोह गर्ने निर्णय


चितवन – चितवनको भरतपुर महानगर नगरपालिकामा कांग्रेसले मेयर नपाए सबै वडाका भापतिहरूले विद्रोह गर्ने चेतावनी दिएका छन् ।

जिल्ला पार्टी कार्यालयमा भरतपुर महानगरका २९ मध्ये २५ वडाका कांग्रेस सभापतिको बैठकले यस्तो निर्णय लिएको हो। उक्त बैठकले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा भरतपुरको मेयर कांग्रेसले नै पाउनु पर्ने यदि नपाएमा विद्रोह गर्ने निर्णय गरेको हो।

कांग्रेसको महानगर वडा समितिका सभापतिहरुको बैठकले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले नपाए सबै वडामा स्वतन्त्र उम्मेदवार खडा गर्ने निर्णय गरेको हो । बैठकले चुनावी तालमेलका क्रममा भरतपुर महानगरको मेयर छाड्ने निर्णय केन्द्रबाट भए सबै वडामा विद्रोह गर्ने निर्णय गरेको हो । औपचारिक निर्णयसहितको ज्ञापनपत्र कांग्रेस जिल्ला सभापति राजेश्वर खनाललाई बुझाइएको छ ।

केन्द्रले भरतपुरको मेयर अरु पार्टीलाई दिए सबै वडामा कांग्रेसको उम्मेदवार खडा गर्ने र गठबन्धनको निर्णय अस्वीकार गर्ने ज्ञापनपत्रमा उल्लेख छ । आजको भेलामा २५ वडाका सभापतिहरु सहभागी हुनुहुन्थ्यो । प्राविधिक कारण अनुपस्थित रहेका अन्य ४ वडा सभापतिले पनि निर्णयमा सहमति जनाइसक्नु भएको छ ।

उता केन्द्रमा भने जुन पार्टीले जहाँ अघिल्लो निर्वाचन जितेको हो त्यो ठाउँ त्यही पार्टीलाई दिने मोडालिटिमा छलफल चलिरहेको छ। यदी यो मोडालिटीमा गए भरतपुर नगरपालिका माओवादीको भागमा जाने निश्चित छ । अघिल्लो पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेणु दाहाललाई मेयर बनाउन कांग्रेसले सहयोग गरेको भन्दै त्यसको पैचो मागिरहेका छन् । उता माओवादी अध्यक्ष प्रचण्ड भने जसरी पनि भरतपुर नछोड्ने लाइनमा देखिएका छन् ।