अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखराको मेयरमा एमालेबाट १२ जनाको दावेदारी

पोखराको मेयरमा एमालेबाट १२ जनाको दावेदारी


पोखरा – पोखरा महानगरपालिकाको मेयर बन्नका लागि एमालेभित्र १२ जनाले दावेदारी गरेका छन् । राखेका छन् ।

मंगलबार एमाले पोखराको बैठकमा १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । मेयरका लागि प्रदेश सांसद कृष्ण थापा, वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्व अध्यक्ष दीपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, भीम कार्की, रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली र राजीव पहारीले उम्मेदवारी दिएका हुन् ।

उपमेयरमा ११ जनाले आकांक्षा राखेका छन् । तर हालका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले आगामी कार्यकालका लागि कुनै पनि पदमा दावी गर्नु भएको छैन । 

मेयर पदका आकांक्षीहरुले तीन हजार रुपैयाँ तिरेर मनोनयन दर्ता गराएका छन् । मेयरका लागि दुई पुरुष र एक महिलाको नाम पार्टी केन्द्रीय कमिटीमा सिफारिस हुनेछ ।

उपप्रमुखका लागि भने ११ जनाले दावी गरेका छन् । जसमा शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्री रहेका छन् ।

आकांक्षीहरुबीच सहमतिको प्रयास गर्ने र सहमति नभए मतदानबाट ३ जनाको नाम छनोट गरी केन्द्रीय कमिटीलाई सिफारिस गर्ने महानगरपालिका कमिटीका सचिवालय सदस्य चेतन कार्कीले जानकारी दिनुभयो।