अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले विकास र समृद्धिको नेतृत्व गर्छ : अध्यक्ष ओली

एमालेले विकास र समृद्धिको नेतृत्व गर्छ : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने बताउनुभएको छ ।

एमाले महालक्ष्मी नगर कमिटीले आज ललितपुरको सिद्धिपुरमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रममा उहाँले एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको उल्लेख गर्नुभयो ।

वि.सं. २०५१ मा २०७२ को राजनीतिक परिवर्तन पछि सरकारको नेतृत्व गर्दा एमालेले विकासका काम गरेर नागरिकको मन जितेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको आकाङ्क्षा पूरा हुनसक्छ ।”

एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको पूर्वप्रधानमन्त्री ओलीले बताउनुभयो । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको उहाँले बताउनुभयो । शारीरिक अपाङ्गता भएका व्यक्ति, अशक्त, एकल महिलालगायतका बर्गले एमालेलाई नै रुचाएको उहाँले बताउनुभयो ।

आफूले सरकारको नेतृत्व गर्दा तुइन विस्थापित गरेर त्यस ठाउँमा झोलुङ्गे पुल निर्माणलाई अघि बढाएको अध्यक्ष ओलीले बताउनुभयो । आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा देशभरका धेरै सडक चौडा बनाएको उहाँको दावी थियो ।

ललितपुर विगतदेखि नै बामपन्थीको पकड रहेको उहाँले उल्लेख गर्नुभयो । एमाले पोटिब्युरो सदस्य महेश बस्नेतले ललितपुर जिल्लाका सबै स्थानीय तहमा पार्टीलाई विजयी गराउन पार्टी नेतृत्व एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।