अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्ने

एमालेले वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्ने


काठमाडौं – नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने भएको छ ।

आज पार्टीका नेताहरुले बुझाएको सुझावपत्र ग्रहण गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको जानकारी दिनु भएको हो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई हक्का राखेर प्रतिवद्धता जारी गर्नुपर्ने बताउनु भयो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले विगतमा गरेका कामको सम्झना गर्दै अब के गर्ने भन्ने कुराको ध्यान राखेर यसपटक नेकपा एमालेले गर्ने काम जनताले बुझ्ने गरेर निर्वाचनमा राख्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘यस पटक नेकपा एमालेले जारी गर्ने स्थानीय तहको निर्वाचनको घोषणापत्र दुई किसिमका हुने छ ।’  

नेता पोखरेलले केन्द्रबाट जारी गरिने घोषणापत्रमा नेकपा एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि र स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने बारेको रहने घोषणापत्र रहने बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले केन्द्रिय तहबाट जारी गरिने घोषणात्रकै आधारमा ७५३ वटा नै पालिकाले प्रतिवद्धता पत्र जारी गर्ने पनि बताउनु भयो

नेता पोखरेलले भन्नुभयो, ‘हामी यतिखेर स्थानीय तहको निर्वाचनको घोषणापत्र तयारी छौँ । वैशाख ९ गते हामी जारी गर्दैछौँ । यसपटक हाम्रा घोषणाहरु दुई किसिमका हुने छन् । एउटा केन्द्रबाट जारी गरिनेछ, त्यो घोषणापत्रमा नेकपा एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्दछ ? त्यो प्रतिवद्धता पत्र पनि वैशाख ९ गते नै जारी गरिनेछ ।’