काठमाडौं -स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले पालिका बाँडफाँड गर्ने निर्णय गरे लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा लगायत गठबन्धनका नेताहरु भारतीय दुताबास पुगेका छन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आयोजना गरेको भोजमा प्रधानमन्त्री देउवा सहित नेताहरु पुगेका हुन् ।
प्रधानमन्त्री देउवा लैनचौरमा मंगलबार साँझ साढे ७ बजेदेखि दूतावासमा आयोजना गरिएको भोजमा सहभागी भएका हुनुभएको लैनचौर स्रोतले जनाएके छ । । राजदूत विनय मोहन क्वात्रा भारतीय विदेश सचिवमा बढुवा भएपछि आज बिदाइ पार्टी आयोजना गर्नुभएको हो।
बिदाइ पार्टीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई पनि सहभागी भए।
पार्टीमा गृहमन्त्री बालकृष्ण खाँणसहितका मन्त्री, सुरक्षा निकायका प्रमुख, कर्मचारी र अन्य मुलुकका राजदूतहरु पनि गएका थिए।







प्रतिक्रिया