अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेनीको मेयरमा एमालेबाट ४ जना सिफारिस

बेनीको मेयरमा एमालेबाट ४ जना सिफारिस


म्याग्दी- आसन्न स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको एमाले नगर कमिटीको बैठकले नगरप्रमुखको उम्मेदवारका लागि प्रमोद श्रेष्ठ, सन्तोष रावल,सुरत केसी र नारायण जिसीको नाम सिफारिस गरिएको नगर कमिटीका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो ।

मेयरमा सिफारिस गरिएकाहरुमध्ये श्रेष्ठ अघिल्लो स्थानीय तहको निर्वाचनमा ४२ मतले पराजित हुनुभएको थियो । मेयर हुन उहाँले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय उपाध्यक्षसमेत त्याग गर्नुभएको थियो ।

उपमेयरमा पशुपति शाही,विष्णु गुरुङ,भावना पौडेल र गौरी थापाको नाम सिफारिस गरिएको छ ।