काठमाडौं– माओवादीको चुनाव प्रचारमा सरकारी तलब खाइरहेका विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङको फोटो प्रयोग भएको छ ।
‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ शीर्षकमा अध्यक्ष प्रचण्डले नै फेसबुकमा पोस्टर सेयर गर्नुभएको छ । प्रचण्ड, जनार्दन शर्मा र घिसिङको फोटो पोस्टरमा छ ।

निर्वाचन आयोगका अधिकारीअनुसार उक्त पोस्टर आचारसंहिताविपरीत हो ।
जनस्तरमा पनि कुलमानको फोटो राखेकामा आपत्ति जनाइएको छ । पत्रकार अशोक पौडेलले प्रश्न गर्नुभएको छ– एउटा पार्टीले विद्युत प्राधिकरणका कर्मचारी कुलमान घिसिङ कै फोटो बेच्नुपर्ने दिन आएको होरु
कृष एडीले पनि कुलमानको फोटो बेचेर भोट माग्ने दिन आयो भनी प्रश्न गर्नुभएको छ ।







प्रतिक्रिया