अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त

नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त


काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले संस्थाको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त हुनुभएको छ ।

अवस्थी यसअघि महासंघमा उपमहानिर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

महासंघको चैत्र २७ मा सम्पन्न कार्यकारिणी समितिको नवौं बैठकले उहाँलाई महासंघको रिक्त महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा विषयमा स्नातकोत्तर गरेका अवस्थीले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा डिप्लोमा गर्नुभएको छ ।

अर्थतन्त्र, निजी क्षेत्र, दिगो विकासलगायत मामिलामा जानकार अवस्थीले यसअघि नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा अध्यक्ष र कान्तिपुर राष्ट्रिय दैनिकमा आर्थिक सम्पादकका रुपमा पनि काम गर्नुभएको थियो ।