रोल्पा – जिल्लाका १० वटा पालिकामध्ये ५ वटामा प्रमुख र ५ वटा उपप्रमुख पद पाएमात्रै गठबन्धन गर्न निर्णय कांग्रेसले गरेको छ।
जिल्लाभरका आधा वडाअध्यक्ष पदमा पनि कांग्रेसले दाबी गरेको छ। ७२ वडा मध्ये ३६ वटा वडाध्यक्षमा दाबी रहेको कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले बताउनु भयो ।
रोल्पामा कांग्रेसको अवस्था विगतभन्दा बलियो रहेको गठबन्धन भए आफूले भनेको संख्यामा चुनाव लड्ने नभए, मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको उहाँले बताउनु भयो ।
रोल्पा कांग्रेस लुम्बिनीका प्रदेश सभापति अमरसिंह पुनको गृह जिल्ला हो। केन्द्रीय समितिको बैठकमा उहाँले गठबन्धनको विपक्षमा अभिव्यक्ति दिँदै आउनु भएको थियो ।
जनयुद्धकालमा रोल्पा माओवादीको उद्गम थलो पनि हो। माओवादीले रोल्पा र रुकुमसहितका जिल्लालाई आफ्नो गढका रुपमा मान्दै आएको छ।
लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको गृहजिल्ला पनि हो रोल्पा। माओवादी केन्द्रले रोल्पामा आफ्नो प्रभाव बढी भएकाले कांग्रेसले मागेजति सिट दिन तयार छैन।
२०७४ को स्थानीय तह निर्वाचनमा रोल्पाका १० पालिकामध्ये लुङ्ग्री गाउँपालिकामा मात्रै कांग्रेस विजयी भएको थियो।








प्रतिक्रिया