अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा नेपाल अध्यक्ष कमल थापा एमाले पार्टी कार्यालयमा

राप्रपा नेपाल अध्यक्ष कमल थापा एमाले पार्टी कार्यालयमा


काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापा केहीबेरअघि नेकपा एमालेको पार्टी कार्यालय थापाथली पुग्नुभएको छ ।

स्थानीय तह निर्वाचन मिति नजिकिरहँदा थापाको एमाले पार्टी कार्याल भ्रमणलाई चासोका साथ हेरिएको छ । थापा नेतृत्वको राप्रपा नेपाल एमालेको सूर्य चिन्हमा चुनाव लड्न तयार छ ।

उच्च स्रोतले आज नै सहमति हुन सक्ने दाबी गरेको छ ।

पार्टी कार्यालयमा थापाले एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतसँग भेट गर्नुहुनेछ ।

राप्रपा महाधिवेशनमा पराजित भएपछि थापाले आफ्नो नेतृत्वमा राप्रपा नेपाल ब्युँताउनुभएको थियो ।

थापासँगै नेपाल परिवार दलका महामन्त्री प्रकाशबाबु थापा पनि एमाले पार्टी कार्यालय पुग्नुभएको छ ।