अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको चुनावमा राप्रपासहित अन्य दलहरू एमालेसँग मिल्न सक्छन् : अध्यक्ष ओली

स्थानीय तहको चुनावमा राप्रपासहित अन्य दलहरू एमालेसँग मिल्न सक्छन् : अध्यक्ष ओली


मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा राप्रपा तथा अन्य दलसँग तालमेल हुन सक्ने बताउनु भएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा राप्रपालगायतका केही दल मिल्न सक्ने बताउनु भएको हो । स्थानीय चुनावमा गठबन्धन एकातिर र एमाले अर्कोतिर हुने पनि उहाँको भनाइ थियो।

गठबन्धन सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हतियार बनाएर स्थानीय तहको चुनाव सार्न खोजेको अध्यक्ष ओलीले आरोप लगाउनु भयो ।

वर्तमान सरकारले ९ महीनामा देशको अर्थतन्त्र ध्वस्त पार्ने र पहिलेको सरकारले अर्थतन्त्र बिगारेको भन्नु मानसिक सन्तुलनको समस्या हो कि भन्नु पर्छ । मुलुकको अर्थतन्त्र ठीक पार्न अहिलेको गठबन्धनको भ्रष्ट सरकारलाई डस्टबिनमा फाल्नुको विकल्प छैन ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘नेत्रविक्रम चन्द नेतृत्वको नेकपा स्थानीय तहको चुनाव सार्ने हतियार हुन्छ कि भन्ने सन्देशको स्थिति बढेको छ तर त्यस्तो हुनु हुँदैन। लोकतन्त्रका लागि संविधान अनुसार देश चल्नु पर्छ भन्ने पक्षमा छौं । चन्दले नेतृत्व गरेको नेकपालाई चुनावमा सहभागी हुन मैले आहृवान गरिसकेको छु ।’

अध्यक्ष ओलीले भन्नुभयो, ‘वर्तमान सरकारले ९ महीनामा देशको अर्थतन्त्र ध्वस्त पार्ने र पहिलेको सरकारले अर्थतन्त्र बिगारेको भन्नु मानसिक सन्तुलनको समस्या हो कि भन्नु पर्छ । मुलुकको अर्थतन्त्र ठीक पार्न अहिलेको गठबन्धनको भ्रष्ट सरकारलाई डस्टबिनमा फाल्नुको विकल्प छैन ।’