काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुग्नु भएको छ ।
प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार नेकपा महासचिव विप्लव आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नु भएको हो ।
भूमिगत गतिविधिमा रहेको बेला नेकपाका कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने चर्चा भइरहेको बेला विप्लव प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नु भएको हो ।
विप्लव नेतृत्वको नेकपामा स्थानीय तहको निर्वाचनमा सहभागी हुने/नहुने विषयले विवाद छ। महासचिव विप्लवसहितका केही नेताहरु निर्वाचनलाई उपयोग गर्नुपर्ने पक्षमा छन्।







प्रतिक्रिया