अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरीमा जसपाबाट निर्वाचित पालिका अध्यक्ष एमाले प्रवेश

सुनसरीमा जसपाबाट निर्वाचित पालिका अध्यक्ष एमाले प्रवेश


इनरुवा – जनता समाजवादी पार्टीका नेता तथा दक्षिणी सुनसरीको भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव एमाले प्रवेश गर्नुभएको छ ।

यादवलाई एमाले प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली सुनसरी सदरमुकाम इनरुवा आउनुभएको छ ।

अध्यक्ष ओलीले गाउँपालिका अध्यक्षसहित विभिन्न पार्टी परित्या गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ ।

इनरुवा नगरपालिका वडा नम्बर ३ को महेन्द्र चोकमा आयोजित ‘बृहत् जनसभा एवम् पार्टी प्रवेश कार्यक्रम’मा उहाँहरु एमाले प्रवेश गर्नुभएको हो ।