अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीयता खारेजीको मागसहित जनमोर्चाले ल्यायो घोषणा पत्र

संघीयता खारेजीको मागसहित जनमोर्चाले ल्यायो घोषणा पत्र


काठमाडौं – सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र ल्याएको छ ।

आज रूपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले घोषणा पत्र सार्वजनिक गर्नु भएको हो । घोषणा पत्रमा जनमोर्चाले संघीयता खारेजीको विषयलाई प्रमुखताका साथ उठाएको छ ।

‘राष्ट्रिय जनमोर्चाले प्रतिक्रियावादी व्यवस्था अन्तर्गत पनि स्थानीय निकाय वा तहलाई अधिकार सम्पन्न बनाउन जोड दिँदै आएको छ,’ घोषणा पत्रबारे जानकारी गराउन जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय निकाय वा तह दैनिक रूपले स्थानीय जनताका समस्या सेवा तथा विकाससँग प्रत्यक्ष रूपमा जोडिन्छ । त्यसैले स्थानीय निकाय वा तह जनतासँग प्रत्यक्ष रूपमा जोडिने भएकोले जनतासँग जीवित सम्बन्ध कायम गर्न जनताको सेवा, विकास तथा स्थानीय सत्ताको पूर्व अभ्यासका लागि यसको महत्वपूर्ण भूमिका रहेको छ।’

यस्ताे छ घाेषणापत्र​