अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्की काँग्रेसका नेताहरूलाई देउवाले भने- गठबन्धनमा पोखरा महानगरबारे छलफल भएको छैन

कास्की काँग्रेसका नेताहरूलाई देउवाले भने- गठबन्धनमा पोखरा महानगरबारे छलफल भएको छैन


नेपाली काँग्रेस कास्कीका प्रतिनिधि टोलीले सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पोखरा महानगरको मेयर पद छोड्न नहुने मागसहित उनीहरूले देउवाको ध्यानाकर्षण गराएका हुन् ।

भेटमा काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरू पोखरामा एक्लै बलियो रहेको भन्दै चुनावी तालमेल गरे मेयर पद काँग्रेसले पाउनुपर्ने बताउनु भयो । सहमहामन्त्री जीवन परियारले पोखरा अहिले काँग्रेसको अनुकुलमा रहेको रिपोर्टिङ गरेका छन् । तर, अर्का थरिले भने मेयर समाजवादीलाई दिन सकिने रिपोर्टिङ पनि गरेको स्रोतले बतायो । विशेषगरी व्यापारिक घरानाले यस्तो छलफल गरेका हुन् ।

भेटमा सभापति देउवाले महानगरको गठबन्धनबारे छलफल नै अघि नबढेको प्रतिक्रिया दिएका थिए । ‘कुरा नै भएको छैन । छलफल भएकै छैन । बाहिरको कुरामा विश्वास नगर्नुस्,’ देउवालाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘तपाईंहरू अरुको कुरा सुनेर धारणा बनाउनुहुन्छ । समाचारमा सत्यता छैन ।’

उहाँले पोखरामा एक्लै चुनाव जित्ने आधार खोजेका थिए । ‘गठबन्धन नगर्ने भन्नुहुन्छ । एक्लै चुनाव जित्ने आधार के छ ? पहिले एक्लै चुनाव लडेको होइन ? के हालत भयो ?,’ देउवाले अघि भन्नभयो, ‘गठबन्धन गर्नुपर्छ । हामीले मेयर पाउँदा को हो उम्मेदवार ?  सहमतिबाट टुंग्याउन सक्नुहुन्छ ?’ देउवा भेट्न गएका टोलीमध्ये अधिकांशले आफैँले टिकट पाउनुपर्ने आन्तरिक लविङसमेत गरेका थिए । बाहिर भने एकीकृत समाजवालीले मेयरको टिकट पाउने चर्चा चलेको छ । त्यसमा कुनै सत्यता नरहेको देउवाले बताउनु भयो ।