अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले घोषणापत्रलाई भोलि अन्तिम रूप दिने

एमालेले घोषणापत्रलाई भोलि अन्तिम रूप दिने


काठमाडौं – नेकपा एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलले भोलि घोषणापत्रलाई अन्तिम रूप दिने भएको छ ।

पार्टी कार्यालय थापाथलीमा आज बसेको कार्यदलको बैठकमा स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदामा छलफल भएको र सकेसम्म भोलि नै अन्तिम रूप दिने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यदलमा मस्यौदाका विषयमा विस्तृत रूपमा छलफल भएको उहाँले बताउनु भयो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा एमालेले सात सदस्यीय कार्यदल बनाएको थियो ।

घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने एमालेको तयारी छ ।